Developed By Kuldeep Sharma

April 13, 2022

माओवादीको चुनावी पोस्टरमा कुलमानको फोटो, सामाजिक सञ्जालमा आलोचना

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ।

माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो।

‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निस्शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ।

प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि माओवादी नेता र कार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन्।

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma