काठमाडौं। सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रसले संसदीय दलको नेता छान्नका लागि बुधबार निर्वाचन गर्ने भएको छ।
१९ जना मध्ये ७ जना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले निर्वाचन गर्न लागेको हो। संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य कमलबहादुर शाह, बहादुरसिंह थापा, दिवान सिंह विष्ट, शिवराज भट्ट, प्रकाश बहादुर देउवा, मानबहादुर राव र मेघराज खड्काको दाबी रहेको छ।
नेपाली कांग्रेस प्रदेश समितिले निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिसकेको छ। १९ सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सबैभन्दा ठुलो दल हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य बाँकी पाँच दलले सहमतिमै संसदीय दलको नेता छनोट गरिसकेका छन्।
प्रतिक्रिया