Developed By Kuldeep Sharma

January 4, 2023

स्वतन्त्रबाट विजयी दीपेन्द्र पुनः फर्किए माओवादी केन्द्रमै

काठमाडौं। स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।

दीपेन्द्र गत मंसिर ४ को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार रहेका नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरिएको थियो।

दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै पुनः पार्टीमा फर्केर आफ्नो जिम्मेवारी पूरा गर्न चाहेको उल्लेख गरेपछि प्रचण्डले उनलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर माओवादी केन्द्रमा स्वागत गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma