ललितपुर। ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने ३४ वर्षीय सुजन बुढाथोकी, ललितपुर बस्ने दोलखा, दोलखा गाउँपालिका–७ घर भएका ३४ वर्षीय विवेक थापा, ललितपुर बस्ने धनुषा वटेश्वर घर भएका ३५ वर्षीया दुनिया बहादुर राउत, ललितपुर इमाडोल बस्ने काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका–१४ बाडेगाउ घर भएका ३९ वर्षीय सुनिल बज्रचार्य रहेका छन्।
त्यस्तै, ललितपुर महानगरपालिका–१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, ललितपुर भैसेपाटी बस्ने रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुना बस्ने ललितपुर गोदावारी नगरपालिका–१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, ललितपुर कुसुन्ती बस्ने बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र ललितपुर बस्ने काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनीहरुले कार्यालयमा सेवाग्राहीहरुलाई वाधा अवरोध पुर्याउने, सेवा लिन अबरोध गर्ने, अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया