Developed By Kuldeep Sharma

January 5, 2023

गण्डकीमा २५ गतेभित्र मुख्यमन्त्री नियुक्त गर्न आह्वान

काठमाडौं। गण्डकी प्रदेशले मुख्यमन्त्री नियुक्ति गर्न आव्हान गरेको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि समय दिएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न उनले आह्वान गरेका हुन्।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने छन्। बिहिबार प्रदेश प्रमुखले आव्हान गरेसंगै अब ४ दिन भित्र प्रदेशसभा सदस्यले बहुमतका साथ मुख्यमन्त्रीमा दावी पेश गर्नुपर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma