Developed By Kuldeep Sharma

April 13, 2022

भिरबाट ढुङ्गा खस्दा जिप चालकको मृत्यु

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जिप ४०० मिटर तल सेती नदीमा खसेको हो।

चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ। जिपमा अरू कोही पनि सवार नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma