Developed By Kuldeep Sharma

May 5, 2022

चितवनमा गठबन्धनको चुनावीसभा : देउवा, प्रचण्ड, नेपाल लगायतले सम्बोधन गर्दै

काठमाडौं। सत्तारुढ गठबन्धनले आज चितवनको भरतपुरस्थित हाकिम चोकमो चुनावी सभा गर्न लागेको छ।

उक्तसभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने चितवन कांग्रेले जनाएको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले सभा गर्न लागेको हो।

उक्त सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूलाई पनि कार्यक्रममा निम्त्याउने तयारी गरिएको थियो। तर महामन्त्री थापाले भने सभालाई सम्बोधन नगर्ने बताइ सेका छन्।

थापाको सचिवालयले उक्त आमसभामा महामन्त्री सुहभागि नहुने बतायो। देउवा र वरिष्ठ नेता पौडेल बुधबार नै चितवन पुगिसकेका छन्। प्रचण्ड र नेपाल आज बिहान चितवन जाँदैछन्। भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन्।

गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। पौडेल ब्याक नभएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। उनले चुनाव चिन्ह ‘भुइकटहर’ पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma