Developed By Kuldeep Sharma

January 13, 2023

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन

एजेन्सी। अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ। ५४ वर्षिया प्रेस्लेको बिहिबार निधन भएको हो। हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा उनको निधन भएको हो।

लिसाकी आमा प्रिसिला प्रेस्ली चर्चित अभिनेत्री हुन्। उनी केही दिन पहिले गोल्डन ग्लोब अवार्डमा सहभागी भएकी थिइन्। उनी पाँच बर्ष हुँदा आमा प्रिसिला र बुबा एल्भिस प्रेस्लेको सम्बन्ध विच्छेद भएको थियो।

उनका बुबा एल्भिस अमेरिकी चर्चित अभिनेता, गायक तथा संगीतकार थिए। एल्भिसको १९७७ मा मृत्यु भएको थियो। ४ पटक विवाह गरेकी उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीतमा स्वर दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma