Developed By Kuldeep Sharma

January 14, 2023

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ।

मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ। एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

त्यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ र शहीद स्मारक ‘बी’ डिभिजन लिग चैत १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma