काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए ।यद्यपि घटनाको कारणबारे केही खुलेको छैन। यसबारे अनुसन्धान गरिने मैनालीले जनाए।
प्रतिक्रिया