Developed By Kuldeep Sharma

January 24, 2023

बाजुरा भूकम्प अपडेट : एक जनाको मृत्यु, ४० घर भत्किए

काठमाडौ। बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ।दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका -२ का जमुना रोकायाको ज्यान गएको हो।

गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन्।त्यस्तै भूकम्पले ४० घरमा क्षति पुर्‍याएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार ४० घरमा पूर्ण र आंशिक रुपमा क्षति पुगेको हो ।

यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी गइरहेको र थप विवरण वडा कार्यालय, प्रहरी वृत्त लगायतका निकायहरुबाट संकलन भइरहेको प्रशासनले जनाएको छ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma