Developed By Kuldeep Sharma

January 25, 2023

एउटै पासोमा झुन्डिएर प्रेमी-प्रेमिकाले गरे देहत्याग !

काठमाडौं। झापाको कचनकवलका एकजोडी प्रेमी-प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन्। परिवारको दबाबमा प्रेम सफल नभएपछि कचनकवल-४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका हुन्।

राजेशकुमार र पवित्रा प्रेम सम्बन्धमा थिए, परिवारले बिहे नगरिदिने भएपछि उनीहरुले एक वर्षअघि भागी बिहे गरे। केटीका परिवारलाई उनीहरूबीचको सम्बन्ध मन परेको थिएन। बिहेपछि पनि उनीहरुलाई परिवारले स्वीकारेन। केटीको परिवारले उनलाई मुद्दामामिला गर्न दबाब दिए । दबाबमा परेर उनले राजेशविरुद्ध प्रहरीमा उजुरी दिइन्। प्रहरीले मिलापत्र गराइदियो अलग-अलग बस्ने शर्तमा।

युवतीका अभिभावकले छोरी नाबालिग भएको भन्दै आफ्नो घर फर्काएको प्रहरीले बताएको छ। केटाविरुद्ध मुद्दा पर्दा साढे ६ लाख रुपैयाँमा मिलाइएको थियो । मुद्दापछि दुवै आ-आफ्नो घरमा बसेका थिए। तनको दूरी टाढा भए पनि उनीहरूबीचको मनको दूरी टाढा हुन सकेको रहेनछ । परिवार, समाज र कानुनले उनीहरूबीचको तनको दूरी बढाए पनि मनको मायाको पिरामिड थप चुलिँदै गएको थियो।

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए । उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे।

परिवारका मानिसले दुई आत्मालाई अलग नगरिदिएको भए उनीहरूको यस्तो दुखद् अन्त्य नहुने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउँछन्। प्रहरीले पनि उनीहरूको आत्महत्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma