Developed By Kuldeep Sharma

माघ ११, २०७९

आत्मदाहको निर्णय हिजोदेखिको निराशाको परिणाम:गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो र’ भनेका छन्।

आचार्यले मृत्यु हुनुअघि लेखेको नोटमा लामिछानेसहित नयाँ सांसदहरुलाई सम्बोधन गरेर ‘कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’ भनेका थिए।

लामिछानेकै पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोशिमा कार्की मंगलबार साँझ अस्पताल पुगेका बेला पनि उनले लामिछानेलाई आफ्नो बारे भनिदिन भनेका थिए।

‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन’, लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma