Developed By Kuldeep Sharma

January 25, 2023

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ।

महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ। आज हिजो मंगलबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma