Developed By Kuldeep Sharma

April 13, 2022

युक्रेन युद्धमा २० पत्रकार मारिए

काठमाडौं । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन्। २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ।

मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ। सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ। मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन्।

युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई)का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो ।

रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन् । टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो ।

युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma