Developed By Kuldeep Sharma

January 30, 2023

चौथो एपिक नेपाल म्युजिक अवार्ड: शिशिर बुढाथोकीलाई सर्बोउत्कृष्ट काठे भाका मोडेल पुरुष अवार्ड

काठमाडौं । मध्यपुर थिमि नगपालिकाको वडा नं.४ स्थित निगुपुख (दुई पोखरी) मा चौथो एपिक म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ।

सुर्यबिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ को सहकार्यमा चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा (साइली रिमै ) गित बाट सर्बोउत्कृष्ट काठे भाका मोडेल पुरुषमा शिशिर बुढाथोकीले हात पारेका छ्न।

बिगत लामोसमय देखि म्युजिक भिडियो निर्देशन र मोडेल गर्दै आएका बुढाथोकीले निरन्तर मोडलिङ्ग तथा निर्देशन गर्दै आएका छन्।

नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका तथा प्राविधिकहरुलाई दिइने यस अवार्ड कार्यक्रममा कुल ३९ बिधा सहित जुरि अवार्ड, पपुलर अवार्ड , पब्लिक च्वाइस अवार्ड , बहुप्रतिभा अवार्ड,बर्ष कै उत्कृष्ट अवार्ड र दुइ जना लाइ प्रोत्साहन अवार्ड र अवार्ड गरि ४९ जना लाइ विभिन्न विधामा अवार्ड सहित बिभिन्न सम्मान प्रदान गरिएको छ।

समारोहमा नेपाली चलचित्रका महानायक राजेश हमाललाई रु एक लाख नगद सहित सम्मान गरिएको छ।नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई नगद १ लाख १११ रुपैयाँसहित महानायकको सम्मान प्रदान गरेका छन्।

सम्मान कार्यक्रममा नेकपा एमालेका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठ, अध्यक्ष ओलीका धर्मपत्नी राधीका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको उपमेयर सरिता भट्टराई,चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma