काठमाडौं। काठमाडौंमा दुईसहित चार जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार काठमाडौंमा २, पर्सा र सल्यानमा एक–एक गरी चारजना मृत फेला परेका हुन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मनोहरा खोलाको किनारमा ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । उनको हाल नाम, थर, वतन खुलेको छैन।
यस्तै, काठमाडौं महानरगपालिका–१४ कलंकीस्थित रामेछाप होटल एण्ड गेस्ट हाउसमा सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–५ घर भएका ३४ वर्षीय दावा पासाङ लामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मंगलबारदेखि उक्त गेस्ट हाउसमा बस्दै आएका उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
यता, पर्साको वीरगंज महानगरपालिका–२३ प्रसौनीस्थित बाटोमा करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनको पनि हालसम्म नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–३ चिनाली बस्ने ४० वर्षीया तिलसरी घर्ती मगर सिद्धकुमाख गाउँपालिका–४ स्थित खरबारीको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
सिद्धकुमाख गाउँपालिका–४ जातेखानेस्थित विवाहमा गएर घर फर्किने क्रममा उक्त भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया