काठमाडौं। पाँचौँ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी कात्तिक २६ गतेबाट सुरु हुने भएको छ ।
आयोजक ईपीएल क्रिकेटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पाँचौँ संस्करणको प्रतियोगिता कात्तिक २६ देखि मङ्सिर १० गतेसम्म हुने जनाएको छ ।
यस मितिलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले समेत स्वीकृति दिएको ईपीएलले जनाएको छ । यस वर्षको ईपीएल अघिल्ला संस्करणहरू भन्दा भव्य हुने आयोजकले जनाएको छ । त्यसका लागि ईपीएलले कामहरू गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै विश्वभरका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बङ्गलादेश र अन्य थुप्रै देशमा प्रत्यक्ष प्रसारणको लागि तयारी भइरहेको आयोजकले जनाएको छ ।
ईपीएलका संस्थापक तथा सिइओ आमिर अख्तरले ईपीएल नेपालको गौरव भएको र यसले नेपाली क्रिकेटलाई बलियो बनाउने, रोजगारी सिर्जना गर्न, तथा पर्यटन सम्भाव्यतामा सुधार गर्न पनि मद्दत पुग्ने बताउनु भएको छ । चितवन टाइगर्सले चौथो संस्करणको उपाधि जितेको थियो ।
प्रतिक्रिया