काठमाडौं। अछामको रामारोशनकी एक सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। रामारोशन गाउँपालिका-४ बाटुलासेन छडेनाकी अम्बकला बिकको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिको हो। सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्राव भई अछाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको हाे।
बाटुलासैन स्वास्थ्य चौकीमा उपचाररत अम्बकलाको स्वास्थ्यमा सुधार नभएपछि कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मानबहादुर साउँद, वडा न. ४ का अध्यक्ष पदका उम्मेदवार नन्दराज उपाध्याय, कांग्रेस नेता चन्द्र बिक लगाएतको पहलमा हेलिकप्टर माग गरिएको स्थानीय एकेन्द्र खनालले जानकारी दिए।
प्रतिक्रिया