काठमाडौं । कांग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन्। विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका आलमले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गरेको छ।
सर्वोच्चले पनि उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो। आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो। आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
प्रतिक्रिया