Developed By Kuldeep Sharma

March 14, 2023

बुढानिलकण्ठको ईम्पेरियल वल्र्ड स्कुलमा गणित पार्कको सुरुवात

काठमाडौं। काठमाडौंको बुढानिलकण्ठमा रहेको ईम्पेरियल वल्र्ड स्कुलले पाई डे तथा अन्तराष्ट्रिय गणित दिवसको अवसरमा म्याथ पार्कको सुरुवात गरेको छ।

शिक्षा विज्ञानतथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्रचार्यले ईम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरेकी हुन्।

पाई डे तथा अन्तराष्ट्रिय गणित दिवसको अवसरमा विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न म्याथ पार्कको सुरुवात गरिएको छ। गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उदेश्यले म्याथ पार्कको सुरुवात गरिएको हो।

म्याथ पार्कमा विद्यार्थीहरुले म्याथलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन्। गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ। साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफै म्याथ पार्कमा गणितका नयाँ कुराहरु सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ।

विज्ञान प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन। उनले साइन्स र म्याथ प्रति विद्यार्थीको आर्कषण कम हुने गरेको बताउँदै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने बताएकी छन्।

मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पुरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकहरुलाई यस बारे तालिम दिन तयारी गरेको समेत उनले जानकारी दिइन्।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताएकी छन्। म्याथका बारेमा किताब र कक्षा कोठामा मात्रै पढाइने भन्दा पनि यसरी विद्यार्थीले प्रयोग नै गरेर पढ्न पाउँदा यसले शिक्षामा गुणस्तर कायम गर्न सहयोग पुन्ने बताइन।

अंग्रेजी जानी नजानी बोल्ने गरेपनि गणित आउँदैन भन्ने र यसलाई महत्वका साथ नहेरिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख बिनोद पन्तले बताए। उनले भने “अंग्रजी नजानेपनि बोल्ने प्रचलन छ। तर, गणित आउँदैन भन्ने र यसलाई महत्व नदिने गरेका पाइन्छ ।”

पन्तले गणित विना कुनै पनि अध्ययन पुरा नहुने र साइन्स, फिजिक्स्, कम्प्युटर साइन्स लगाएतलाई अनिवार्य आवश्यक रहेकोले गणितको महत्व रहेको धारणा राखे । साथै विद्यार्थीलाई गणित सिकाइ कक्षा कोठामा मात्र नभई पार्कसँगै लगेर जोड्नुपर्नेमा जोड् दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma