काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मङ्गलवार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।
आगामी शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले निर्वाचनलक्षित छलफल, सम्मेलन, गोष्ठी र पक्ष, विपक्षमा कुनैपनि प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उम्मेदवारले सामाजिक सञ्जालबाट समेत मत माग्न नपाउने भएका छन्।
यस मौन अवधिभरी आचारसंहिता विपरीत रहेर प्रेस विज्ञप्ति निकाल्न, सञ्चारमाध्यमबाट जित र हारको पूर्वानुमान गर्ने, वक्तव्य दिने जस्ता कार्य गर्न पनि नपाइने आयोगले बताएको हो।
उपराष्ट्रपति निर्वाचनका लागि चार जना उम्मेदवार छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जसपाबाट रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादवसहित चार जनाको उम्मेदवारी रहेका हो।
जसपाकी प्रमिलाले फिर्ता लिएको उम्मेदवारी आयोगको रेकर्डमा कायमै रहेपनि आफ्नो पार्टिको आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरेकी छन्।
प्रतिक्रिया