Developed By Kuldeep Sharma

March 20, 2023

साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भारतविरुद्ध खेल्दै

काठमाडौं। आजदेखि सुरु भएको साफ यू-१७ महिला च्याम्पियनसिपमा पहिलो खेलमै नेपाललले भारतसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुदैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

नेपालले आज भारतलाई हराएर सुखद सुरुआत गर्ने तयारीमा जुटेको छ। यसअघि नेपाल यू १५ च्याम्पियनसिपको विजेता हो।

च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, रुस र भुटान गरी पाँच टिमको सहभागिता छ। आजको दोस्रो खेल आयोजक टोलि बंगलादेश र भुटानबीच हुनेछ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma