काठमाडौं। नेपाल फार्मास्युटिकल एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन हुने भएको छ।
सोमबार भएको एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सवले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन गर्ने मिति तोकेको हो।
साधारण सभाले संस्थाको विधान पनि संसोधन गरेको छ। संसोधित विधान अनुसार अब प्रदेशमा कार्यसमिति विस्तार गर्न बाटो खुलेको एसोसिएसनले जनाएको छ।
प्रतिक्रिया