काठमाडौं। आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै छ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यस जात्राको विशेष महत्व छ। धेरैवर्ष पहिलेदेखि टुँडिखेलको पूर्व–दक्षिण भागमा रहेको एउटा रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको जनविश्वास रहिआएको छ। स्थानीयवासीले अनेकौ जुक्ती लगाइए त्यस राक्षसको संहार गरेपछि प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन सुरु भएको हो।
आज टुँडिखेलमा आयोनित कार्यक्रममा नेपाली सेनाका तर्फबाट अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन हुने छ।
घोडे जात्रा पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदाकाो घोषणा गरेको छ।
प्रतिक्रिया