Developed By Kuldeep Sharma

March 21, 2023

‘शिखर पुरुष’ कोइरालाको १३औं स्मृती दिवस, प्रेस युनियनले विशेष कार्यक्रम गर्दै

काठमाडौं। नेपाली कांग्रेसका तत्कालिन सभापती तथा ‘शिखर पुरुष’ गिरिजाप्रसाद कोइरालाको १३औं स्मृती दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ।

नेपाली कांग्रेस साथै सुभेच्छुक तथा भातृ संस्थाहरुले स्मृती दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
१९८१ असार १८ गते जन्मिएर कोइराला बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि चार पटकसम्म प्रधानमन्त्री बनेका हुन्।। कोइराला एक निडर नेताका रुपमा चिनिन्छन्। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिमा कोइराला शीर्ष स्थानमा रहने एक मात्र नेता हुन्।

उनी २०१६ पछि पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। उनले माओवादीलाई शान्तिपूर्ण रुपमा राजनीतिमा अवतरण गराउनका लागि समेत निकै महत्वपूर्ण भूमिका निर्वाह गरे। सबै मित्र राष्ट्रहरुलाई विश्वास दिलाएर काम गर्न सक्ने क्षमता राख्ने कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो।

कोइरालाकै स्मृती दिवसका अवसरमा नेपाल प्रेस युनियनले एक विशेष कार्यक्रमको आयोजना गरेको छ। आज दिउसो साढे २ बजे बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा हुने उक्त कार्यक्रममा वक्ताहरु नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला, महामन्त्री गगन कुमार थापा र सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको उपस्थिती रहने छ।

कार्यक्रममा नागरिक स्वतन्त्रताका लागि कोइरालाको योगदानका विषयमा विचार गोष्टी हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma