काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।
माघ ३ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए। जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भए। तर केन्द्रमा गठबन्धन फेरिएपछि जम्मकट्टेलले पुन आज विश्वासको मत लिएका हुन्।
११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत पर्यो भने ७ जना सांसद तटस्थ थिए भने एमालेले आजै सरकारबाट राजिनामा दिएर विपक्षमा मतदान गरेको हो।
प्रतिक्रिया