Developed By Kuldeep Sharma

May 6, 2022

ओली नेतृत्वको गठबन्धनमा संविधान र गणतन्त्र विरोधीहरू छन् : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई वटा गठबन्धन रहेको बताएका छन्।

पाँच दलिय सत्तारुढ गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा प्रगतिशील तथा बाम-लोकतान्त्रिक गठबन्धन र अर्को प्रतिगामी गठबन्धन रहेको बताएका हुन्। प्रतिगामी दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमालेले र केपी शर्मा ओलीले गरिरहेको भन्दै नेपालले त्यहाँ राजावादी, संविधानविरोधी तथा गणतन्त्र विरोधीहरू रहेको आरोप लगाए।

नेपालले भने,‘प्रगतिशील गठबन्धनमा संविधान जोगाउने, उपलब्धी रक्षा गर्ने, गणतन्त्रका हिमायती, धर्मनिरपेक्षताको पक्षधर हामी छौं।’ उनले प्रतिगामी मतदान गरे पछुताउनुपर्ने पनि बताए। संविधान र लोकतन्त्र जोगाउन पाँच दलीय गठबन्धनको विकल्प नभएको उनले जिकिर गरे।

‘प्रतिगामी कित्तामा उभिएका उम्मेदवारलाई मत दिनुभयो भने तपाईले पछुताउनुपर्नेछ। तपाइँका सन्तानले पनि दुःख भोग्नुपर्नेछ’, उनले भने, ‘यदि हामीले भविष्यलाई सुनिश्चित गर्ने हो भने, अहिलेसम्म प्राप्त उपलब्धी जोगाउने हो भने हामीले नेतृत्व गरेको पाँच दलीय गठबन्धनको विकल्प छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma