Developed By Kuldeep Sharma

March 31, 2023

सि डिसाइड्स मुभमेन्ट : आफ्नो शरीरमाथि आफ्नै अधिकार

काठमाडौं। महिलाले आफ्नो शरीरमाथि आफ्नै अधिकार स्थापित गराउन वा महिलाले निर्णय गर्न सक्ने अधिकारका लागि “सि डिसाइड्स मुभमेन्ट” सुरू भएको छैंटौँ वर्षगाँठको अवसरमा राजधानीमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

सि डिसाइड्स मुभमेन्ट, अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनले महिलाको सुरक्षित गर्भपतन गराउने अधिकारमाथि बन्देज लगाउन ‘ग्लोबल ग्याग रुल’(जसलाई मेक्सिको सिटी नीति पनि भनिन्छ) लागू गराउन खोज्दा विश्वका महिलाले विरोध गरेर रोक लगाएका थिए ।

तर २३ जनवरी २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि रेगनको उक्त ग्लोबल ग्याग रुल पुनस्र्थापना गर्दै गर्भपतनलगायत प्रजनन् स्वास्थ्य अधिकारका लागि बजेट दिन बन्द गरेपछि महिला अधिकारमाथि नै धावा बोलेको भन्दै विश्वका समाजवादी देशका मन्त्रिले बेल्जियममा वृहत सम्मेलनको आयोजना ग¥यो । त्यस लगत्तै नेदरल्याण्डको मन्त्रि लिलियनले ‘ह्यासट्याग सि डिसाइड्स’ मुभमेन्ट चलाइन् ।

नेपालमा वियोण्ड बेइजिङ कमिटिले यस अभियानलाई सन् २०१९ देखि युवाको भेला गर्दै लैङ्गिक समानताको पक्षमा नाटक, विविध गतिविधी गरेर मनाउदै आएको छ।
सोही सन्दर्भमा शुक्रवार राजधानीमा आयोजित सि डिसाइड मुभमेन्ट कार्यक्रममा महिला अधिकारवादी शान्तालक्ष्मी श्रेष्ठले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाका ४०औं राष्ट्रपति रोनाल्ड रेगनको ‘ग्लोबल ग्याग रुल’नीतिलाई ट्रम्प सरकारले पुनः लागु गरेपछि त्यस नीति विरूद्ध सम्मेलनपछि महिलावादी अभियन्ताहरूले महिलाको शरीरमाथि उनैको अधिकार हुन्छ भनेर कोषमा पैसा जम्मा गरी राज्यले सहयोग नगरेपनि महिलाको स्वास्थ्यमा हानी पुग्ने अवस्था वा अनिच्छत गर्भलाई आर्थिक सहयोग सङ्कलन गर्दै सुरक्षित गर्भपतनको सेवा दिलाएको बताएकी छन्।

नेपालमा लैङ्गिक समानता र सुरक्षित गर्भपतनको अधिकारको लागि काम गर्दै आएको वियोण्ड वेइजिङ कमिटिले नेपालमा १ मार्च २०१९ देखि सि डिसाइड्स फ्ल्यागसिप मुभमेन्ट चलिरहेको छ, जसले लैङ्गिक अल्पसङ्ख्यक, सिमान्तकृत वर्गका युवाले समेत समुदायसम्म पुगेर यस अभियानबारे जागरण फैलाउने जिम्मेवारी निर्वाह गर्दै आएका छन्।”


कार्यक्रममा सांसद शुसिला श्रेष्ठले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्यको लागि चीनको बेइजिङमा भएको सम्मेलनपछि प्रजनन् स्वास्थ्य अधिकार, शिक्षा, आर्थिकलगायत महिलाका लागि १२ वटा सवालमा काम गर्दा निक्कै राम्रो प्रभाव देखिएको बताइन्।

कार्यक्रममा प्रतिज्ञा कायस्थ र सुष्मा श्रेष्ठले मनोवाद र कलाकारहरूले नाटक, गीत प्रस्तुत गर्दै प्रजनन् स्वास्थ्य अधिकार, आफुले निर्णय गर्न सक्ने क्षमता र अवस्थाका बारेमा जानकारी दिएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma