Developed By Kuldeep Sharma

May 6, 2022

जेठ ८ मा अवकाश पाउन लागेका डीआईजी लामा एआईजीमा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचले अवकाश पाएपछि नेपाल प्रहरीमा एआईजीका पाँच वटा दरबन्दी खाली थियो।

रिक्त दरबन्दीमध्ये एउटामा मन्त्रालयले लामालाई बढुवा गर्न सिफारिस गरेको हो। एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण जेठ ८ मा अवकाश पाउनेछन्। क्षेत्रीसँगै एआईजीहरू हरिबहादुर पाल, निरज शाही, प्रधुम्न कार्की र वसन्त पन्तले अवकाश पाएपछि चारवटा एआईजीको दरबन्दी खाली थियो।

धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि थप एक एआईजीको दरबन्दी रिक्त भएको छ। हाल प्रहरीमा प्राविधिकबाहेक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक गरी तीन एआईजी छन्। उनीहरुमध्ये पोखरेल आईजीपी बढुवा असन्तुष्टि जनाउँदै अदालत गएका छन् र एक महिनालाई विदामा छन्। गृहमन्त्रालयले अन्य एआईजी बढुवाको भने प्रक्रिया अगाडि बढाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma