Developed By Kuldeep Sharma

April 4, 2023

अष्ट्रेलियन सरकारको स्वामित्वमा रहेका उपकरणमा टिकटक प्रतिबन्ध

काठमाडौं।अष्ट्रेलियन सरकारले संघीय सरकारको स्वामित्वमा रहेका सबै प्रकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएको छ।

सिएनएन बिजनेसका अनुसार मंगलबार अष्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले सरकारी हरेक प्रकारण उपकरणहरूमा टिकटकको प्रतिबन्ध घोषणा गरेका हुन्।

यससँगै सरकारी कर्मचारी जसको उपकरण (मोबाइल फोन)मा टिकटक इन्स्टल गरिएको छ, ती कर्मचारीहरूले तत्कालै टिकटक एप डिलिट/अन-स्टल गर्नुपर्ने हुन्छ।

सरकारले सुरक्षा विषयलाई ध्यानमा राख्दै टिकटक प्रतिबन्ध लगाएको बताएको छ। सरकारले लामो समयको सेक्युरिटी रिक्स अध्ययनपश्चात नै सो निर्णय लिएको समेत जनाएको छ।

सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएपनि केही सरकारी कर्मचारीहरू आफ्‍नो निजी उपकरणमा टिकटक प्रयोग गर्ने बताउँदैछन्। केही राजनीतिज्ञहरूले भने टिकटक नै नचलाउने बताइरहेका छन्।

अमेरिका, बेलायत र क्यानडाले यसभन्दा अघि नै सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध गरिसकेको छ। न्युजील्यान्डको संसदले पनि सरकारी पहुँच भएका सबै उपकरणहरूबाट टिकटक एप हटाउन आदेश दिएको छ।

नर्वे र युरोपेली संसदले समेत टिकटक प्रतिबन्ध घोषणा गरेको छ। गत हप्ता मात्रै उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले आफ्नो कर्मचारीहरूलाई मोबाइलबाट टिकटक हटाउन आदेश दिएको थियो।

अष्ट्रेलियमा टिकटक हटाएको विषयमा अष्ट्रेलिया र न्युजील्यान्डमा टिकटकको लागि महाप्रबन्धक ली हन्टरले असन्तुष्टी जनाएका छन्। उनले यस कदमलाई राजनीतिक चाल समेत बताएका छन्। हाल अस्ट्रेलियमा ८० लाख बढी टिकटक प्रयोगकर्ता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma