Developed By Kuldeep Sharma

April 8, 2023

बालेनको आक्रोश : आजबाट उठ्दैन सिंहदरबारको फोहोर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्।

फोहोर उठाउन स्थानीय नेताहरूबाटै अवरोध भएकाले देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताए। फोहोर व्यवस्थापनको विषयमा पनो आफुलाई स्थानीय नेताहरुले सहयोग नगर्नु निकै दु:खद भएको कुरालाई प्रष्ट पार्दै उन्ले सकारात्मक शैलीमा आक्रोश ब्यक्त गरेका छन्।

शाहले पटक पटक फोहोर व्यवस्थापनमा स्थानीयबाट अवरोध भएपछी आज समाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै असन्तुष्टि जनाएका हुन्। “आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,” बालेन आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले प्रत्यक्षरुपमै राजनीतिक दलका नेताहरूबाटै असहयोग हुने गरेको बताउदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma