काठमाडौं। लोक सेवा आयोग कर्णाली प्रदेशले प्रश्नपत्रको फोटो खिच्ने परिक्षार्थीलाई दुई वर्षसम्म प्रतिबन्ध लगाएको छ।
आयोगले दैलेखको आठबीस नगरपालिका–९ का लोकराज सिजापतिलाई दुई वर्षसम्म प्रतिबन्ध लगाएको हो। उनले बैशाख १७ गते भएको परीक्षामा मोबाइल लगेर प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा हालेका थिए।
अब उनी दुई वर्षसम्म लोक सेवा आयोग कर्णाली प्रदेशले लिने कुनै परीक्षामा सहभागी हुन पाउने छैनन्।
प्रतिक्रिया