काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कदैछन्।
नेपाल वायुसेवा निगमको विमानमार्फत उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्ने बताइएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारपछि भण्डारी स्वदेश फर्कन लागेका हुन्।
भण्डारी गत फागुन ३ गते ग्यास लिक हुदाँ आगालागीमा परेर गम्भीर घाइते भएका थिए। भण्डारीसंगै घाइते भएकी उनकी आमा हरिकला भण्डारीको गत फागुन ४ गते उपचारकै क्रममा निधन भएको थियो। थप उपचारका लागी भारत लगिएका भण्डारीको स्वास्थ्य सुधारोन्मुख भएको बताईएको छ। उनी बोल्ने र आफै हिँड्न सक्ने भएका छन्। आज फर्कन लागेका भण्डारीको बाँकी उपचार नेपालमै हुनेछ।
प्रतिक्रिया