Developed By Kuldeep Sharma

April 13, 2022

एमालेसंग यी २ दलले गरे सुर्य चिन्ह लिएर चुनावी तालमेल गर्ने सहमती

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, र नेपाल परिवार दलसंग चुनावी गठबन्धन गर्ने भएको छ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठसंग ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन भने परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलसंग गठबन्धन गर्ने सहमति गरेका हुन। यी दुबै पार्टीका उम्मेद्वारले नेकपा एमालेको सुर्य चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

राप्रपाले आफ्ना उम्मेदवार नभएको ठाउँमा एमालेलाई सघाउने सहमती भएको छ। सहमती अनुसार एमालेले पनि राप्रपाका उम्मेदवारलाई सघाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma