काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा शीर्ष नेताहरूको देश दौडाहा तीव्र बन्दै गएको छ। ठाउँठाउँमा चुनावी सभा गरेर नेताहरूले आफ्ना पार्टीका उम्मेदवारहरू जिताउन भरमग्दुर प्रयास गरिरहेका छन्।
यस्तैमा,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज प्रदेश १ भ्रमणमा निस्कने भएका छन्। एमालेले आयोजना गरेको स्थानीय तहलक्षित निर्वाचन सभामा उनले सम्बोधन गर्नेछन्।
ओली बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर पुग्ने र सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुने बताइएको छ।
त्यस्तै धरानको सभालाई सकेर ओलीले इटहरीको सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले प्रदेश १ कमिटीले जानकारी दिएको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रदेश प्रदेशको राजधानी जनकपुर पुगेका छन्। त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन्।
त्यसअघि पार्टीको दुई वटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन्।
प्रतिक्रिया