Developed By Kuldeep Sharma

May 12, 2023

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्री नियुक्त गरेसँगै ४ बजे सपथ कार्यक्रम राखिएको छ। आज सपथ लिने तीन मन्त्रीको नाम सार्वजनिक भएपनि एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन।

स्रोतले भन्यो, ‘तीन मन्त्री त चर्चामा आइरहनुभएको नाम नै हो । तर, अर्को एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन ।’  सार्वजनिक भएको नाम मध्य कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा हुन् । यस्तै माओवादीबाट रेशबहादुर जुग्जाली हुन्। sharethis sharing button

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले शुक्रबार मन्त्री नियुक्त गरेसँगै ४ बजे सपथ कार्यक्रम राखिएको छ । आज सपथ लिने तीन मन्त्रीको नाम सार्वजनिक भएपनि एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन।

स्रोतले भन्यो, ‘तीन मन्त्री त चर्चामा आइरहनुभएको नाम नै हो । तर, अर्को एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन।’  सार्वजनिक भएको नाम मध्य कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा हुन् । यस्तै माओवादीबाट रेशबहादुर जुग्जाली हुन्।

स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले महेन्द्रध्वज जिसीलाई अर्थमन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उर्जा जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि विना विभागीय मन्त्री भएकी सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ भने कांग्रेसबाट विना विभागीय मन्त्री भएकी सरस्वती अर्याल तिवारीलाई कृषि मन्त्रालय जिम्मेवारी तोकिएको स्रोतले जनाएको छ। यस्तै मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने किन नबनाउने केन्द्रको निर्देशन कुरिरहेको स्रोतले बनायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma