सफलता बोगटी – आजको विश्व यी ३ मानसिकतामा हिडीरहेको छ।
१. अज्ञान
अज्ञान भनेको समस्या समाधान गर्ने वा काम गर्ने तरीका प्रकृया वा अभ्यासमा सहि दिशा पत्ता लगाउन नसक्नु हो। अथवा काम गर्न जानेर नचाहेर र नसकेर सहि काम नगर्नुलाइ अज्ञान भनिन्छ। जस्तो न्युयोर्क विकसित होइन, विकसित बनाइएको मात्र हो। कर्णार्ली अविकसित होइन, अविकसित बनाइएको मात्र हो । ५०० वटा जंगली अर्ना भैसहरुको हुलले मिलेर १० वटा बाघ मार्न सक्छन तर मार्ने तरीका प्रकृया वा अभ्यास भैषसहरु जान्दैनन्।
हामी कतिपय लक्ष्यहरु पुरा गर्न असफल भएका छौ। यसको मतलव हामीले लक्ष्य प्राप्ती गर्ने सहि दिशा पत्ता लगाएका छैनौ। अमेरिकाले मंगलग्रहमा अन्वेषण गर्न पठाएको रकेटको नाम पाथ फाइन्डर वा बाटो पत्ता लगाउने हो। यसलाइ किन पाथ फाइन्डर भनियो भने मंगलग्रहमा जान र बस्न यस रकेटले आफै बाटो पत्ता लगाउदै जान सक्थ्यो। ग्रहमा जान विग्रहबाट रोक्ने काम पाथ फाइन्डरको हो।
२. ज्ञान
हाम्रा ५ इन्द्रियहरु हुन्छन्। यीनिहरुले कानले सुन्ने, जिब्रोले स्वाद थाहा पाउने, आखाले देख्ने नाकले गन्ध थाहा पाउने र छालाले चिसो तातो थाहा पाउने काम गर्छन्। यीनिहरुले एउटाको काममा अर्काले हस्ताक्षेप गर्दैनन्। कानले कहिले पनि स्वाद थाहा पाउदैन जिब्रोले केहि सुन्दैन पनि। शरिरमा भएका अरु अंगहरुलाइ चाहि कर्मेन्द्रिय भनिन्छ। यीनीहरुले चाहि काम गर्छन। जस्तो मुटु, कलेजो, फोक्सो, आमाशय, मृगौला, मलद्धार, मुत्रशय, पित्ताशय, हातखुट्टा आदी। यीनीहरुको प्रत्यक्ष सम्बन्ध र समन्वय मष्तिस्कसंग हुन्छ। इन्द्रियहरुले चाहिने कुरा चाहि मष्तिस्कमा जानकारी दिन्छन् र नचाहिने कुरालाइ बेबास्ता गरीदिन्छन्। जस्तो हेर्नु र देख्नुमा फरक छ। हेर्नु भनेको आफुलाइ चाहिने वा काम लाग्ने कुरा हेर्नु हो। देख्नु भनेको नचाहिने कुराहरु देख्नु हो। जस्तो हामी बाटामा हिड्दा धेरै मान्छे भेट्छौ तर चिनेको मान्छे मात्र हाम्रो ज्ञान भित्र पर्छ। बाघलाइ अर्ना खान पर्छ भन्ने ज्ञान छ। मृगलाइ चितुवाबाट भाग्नु पर्छ भन्ने ज्ञान छ।
हामी जिवनमा जे गर्छौ त्यो हाम्रो ज्ञानको कारणले गर्छौ। चाहे त्यो अज्ञान होस वा विज्ञान। हाम्रा इन्द्रियहरु र कर्मेन्द्रियहरुले यो काम गर्नु पर्ने भयो के गरौ? भनेर, मष्तिस्कसंग सोध्दछन्। मष्तिस्कले इन्द्रियहरुसंग सल्लाह लिन्छ। जस्तो एउटा बस भिड भएर आएको आँखाले देख्छ, अब त्यसमा चढ्ने नचढ्ने बारेमा उसले मष्तिस्कलाइ सोध्दछ। मष्तिस्कमा २ तर्कहरु खडा हुन्छन्। दुबै तर्कमा कारण हुन्छन। एउटाले भन्छ बस नचढ, अर्को बस खाली नै आउछ। अर्को तर्क हुन्छ ढिला भैसक्यो, यसैमा चढ, अथवा ज्ञान भनेको तर्क विर्तक पछाडी आउने निष्कर्ष हो। ज्ञान भनेकै कारणहरुको खोजि हो। के कारणले यस्तो भयो। तपाइ अहिलेको स्थितीमा हुनु पनि कारण छ त्यो कारणको खोजि गर्नुहोस्। त्यहि नै ज्ञान हो।
३. विज्ञान
ज्ञानले गर्न नसक्ने काम गर्ने उपकरणहरु नै विज्ञान हुन्। जस्तो हामीले जति कराए पनि १ किमी भन्दा टाढा सुन्न सकिदैन। तर मोवाइल माइक जस्ता उपकरणबाट धेरै टाढाको कुरा सुन्न सकिन्छ। शुद्धलाइ विशुद्ध भने जस्तो ज्ञानलाइ पनि विज्ञान भनिएको हो अथवा दुवैमा वि जोडिएको छ। जसरी मष्तिस्कले अर्डर दिए पछि कमेन्द्रियहरुले काम गर्छन्। जस्तो मष्तिस्कले तरकारी पकाउ भनेपछि हातले चुलेसी समाएर तरकारी काट्न थाल्छ। यहाँ चुलेसि विज्ञान हो। किनभने प्रकृतीले बनाएका इन्द्रिय र कर्मेदियहरुले तरकारी काट्ने काम गर्न सक्दैनन्। एउटा मात्र उपकरणलाइ विज्ञान भनिन्छ भने एउटा उपकरणमा अरु उपकरणहरु जोडेर काम गर्नुलाइ प्रविधि भनिन्छ। फोन मात्र विज्ञान हो भने फोनमा रेडियो पनि बजाउन मिल्नु चाहि प्रविधि हो।
विज्ञानको सुरुआत मानव पुर्खाहरुले ढुङ्गा हान्न सिकेको सिपबाटै सुरु हुदै आएको हो। आजको विज्ञानले मानिसहरुलाइ मंगलग्रहको यात्रा सम्म पुरायो भने भाइजर १ र भाइजर २ यानहरु ब्रहाण्डको अनन्त यात्रामा पठाइएको छ। विज्ञानको उद्धेश्य भनेको इन्द्रियहरु र कर्मेन्द्रियहरुकोे साबिक शक्तिमा गुणत्मक बृद्धि गर्नु हो। जस्तो आँखाले देख्न नसक्ने भाइरस र ब्याकटेरीयालाइ विज्ञानले ठुलो बनाइ दिन्छ भने आखाले देख्न नभ्याउने अरबौ प्रकाश वर्ष टाढाको बस्तुलाइ पनि नजिकै देख्न सकिने बनाउदछ।
आजको कृतिम बौद्धिकताद्धारा, रीमोट कन्ट्रोलद्धारा काम गर्नुलाइ विज्ञानको योगदान मानिन्छ। मानव निर्मित रोवर्ट एउटा प्रविधि मात्र हो। यो धेरैवटा बिज्ञानहरु मिलेर बनाइएको हुन्छ। हाम्रो शरिर पनि एउटा विज्ञान हो किनभने यसले अनेकौ विज्ञानहरुलाइ मिलाएर काम गर्छ। यसलाइ साइकोमोटर वा ज्ञान र व्यावहार दुबैको मिश्रण भनिन्छ। ज्ञान र विज्ञानमा फरक के छ भने ज्ञान असत्य पनि हुन सक्छ तर विज्ञान सधै सत्य हुन्छ।
प्रतिक्रिया