काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनले देशलाई अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
उनले श्रृलंकाको आर्थिक अवस्थाको उदाहरण दिदै अहिलेको गठबन्धनले देशलाई अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्।
मोरङको विराटनगरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको बताए। उनले त्यसका लागि उदाहरण श्रृलंका रहेको समेत बताए।
श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले नेपाल त्यता जाँदैन भन्न नसकिने धारणा राखे। ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको यसलाई अदालत र निर्वाचन अयोगले मान्न नहुने टिप्पणी गरे।
प्रतिक्रिया