काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ। टेलिकमले एक विज्ञप्ती जारी गर्दै अफर धोषणा गरेको हो।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।
३ दिन सम्म सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने गरि ९८ मा उपलब्ध हुनेछ। यस्तै ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३ सय वटा एसएमएस सहितको ३ सय एसएमएस प्याक पनि ९८ मा उपलब्ध हुनेछ। त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँ मा खरिद गर्न सकिने छ।
यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।
प्रतिक्रिया