Developed By Kuldeep Sharma

June 10, 2023

वातावरणसंग सम्बन्धित पत्रकारका लागि वातावरणिय पत्रकारिता तालिम

काठमाडौं। ललितपुरको गोदावरीमा वातावरणसंग सम्बन्धित बिषयमा पत्रकारिता गर्ने पत्रकारहरुका लागि क्षमता अभिवृद्धिका लागि वातावरणिय पत्रकारिता तालिम सम्पन्न भएको छ।

वातावरण पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि लक्षित गरेर नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले एनफोको साझेदारीमा गोदावरी नगरपालिका वडा नं १३ सन्तानेश्वरमा तीन दिने वातावरणीय पत्रकारिता तालिम सम्पन्न गरेको हो।

नेफेजका महासचिव सविन शर्माका अनुसार बुधबारबाट सुरु भएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २२ जना पत्रकारहरु सहभागी थिए। ‘सरसफाइ तथा मानव स्वास्थ्यमा ठूलो प्रभाव पार्ने वातावरणको विषयमा पत्रकारहरुको क्षमता विकासका लागि यो तालिम आयोजना गरिएको हो। सम्बन्धित क्षेत्रमा आधारित रहेर विषय विज्ञहरुले पत्रकारहरुलाई सहजीकरण गर्नुभएको हो’, महासचिव शर्माले भने।

तालिम कार्यक्रममा सहभागी पत्रकारहरुका लागि वरिष्ठ पत्रकार मोहन मैनाली, इनफोका कार्यक्रम निर्देशक डा. राजेन्द्र श्रेष्ठ, गुणस्तर तथा नापतौल विभागका अधिकृत गणेश प्रसाद पाठक, इन्नोभेट सलुसनका निर्देशक महर्षि राजभण्डारीलगायतले प्रशिक्षण गरेका थिए।

नेपाल वातावरण पत्रकार समूह नेफेजकि अध्यक्ष रोशनी अधिकारीले यस किसिमको सिकाईले पत्रकारहरुमा निखार ल्याउने बताउदै आगामी दिनहरूमा पनि आवश्यकता अनुसार विषय विज्ञहरूसंग समन्वय गरेर यस्तै तालिमहरु सञ्चालन गरेर पत्रकारहरुको ज्ञान,सीप र क्षमता अभिवृद्धिमा लागिपर्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma