Developed By Kuldeep Sharma

May 7, 2022

देउवाले भने – गठबन्धन राष्ट्रिय आवश्यकता हो, आम निर्वाचनसम्म रहन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै स्थानीय तहमा मात्र नभइ प्रदेश र संघको निर्वाचनमा पनि एक भएर अघि बढ्ने बताए।

आज(शनिबार) तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापती समेत रहेका देउवाले देशमा भइरहेको राजनीतिक अस्थिरता र अत्याचारविरुद्ध गठबन्धन आवश्यक रहेको बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध यो ऐतिहासिक गठबन्धन भएको स्पष्ट पारे।

ओलीले पटक पटक संसद् भङ्ग गरेको र गठबन्धन असफल बनाउन समेत धेरै प्रयास भइरहेको बताउदै अब चुनावबाटै जवाफ दिने प्रधानमन्त्री देउवाले भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma