काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका विरुद्धमा बोल्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिनेहरूका लागि पार्टीमा कुनै स्थान नहुने बताए।
५ दलीय गठबन्धनद्वारा शनिबार जनकपुरमा आयोजितसभालाई सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन विरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुनेछैन।’ देउवाले गठबन्धन टिकाउनु आफ्नो कर्तव्य रहेको पनि बताए। ‘गठबन्धन टिकाउनु मेरो त झन् ठूलो कर्तव्य हो। उहाँले बनाएको प्रधानमन्त्रीको कर्तव्य गठबन्धन टिकाउनु हो। मेरो पार्टीबाट कुनैपनि अवस्थामा गठबन्धनको खिलाफमा कुरा उठ्नु हुँदैन। त्यो सैह्य हुने छैन्।’
प्रतिक्रिया