Developed By Kuldeep Sharma

May 7, 2022

डोटीमा जीप दुर्घटना: २ जना घाइते, एककाे अवस्था गम्भीर

डोटी। डोटीमा वाेलेराे जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो ।

दिपायल सिलगढी नगरपालिका- १ तिखाको माथिल्लो मोड खार खाेलामा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीप दुर्घटनामा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ का ३५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् भने जीपमा सवार आदर्श गाउँपालिका वडानम्वर २ भाडीकोटका २४ वर्षीय डिल बहादुर थापा गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाकाे दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले जानकारी दिए ।

जीप सडकबाट करिब तीनसय मीटर तल खसेको छ । जीपमा पूर्ण रूपले क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma