काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बैठक संसद भवन नयाँबानेश्वरमा शुक्रबार दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रतिनिधसभाका सचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।
यस्तै, बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूची छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची बैठकको छ ।
प्रतिक्रिया