Developed By Kuldeep Sharma

July 16, 2023

कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् ।

बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।
यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए ।

आफ्नो इमेल आइडी (thapagk@gmail.com) र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन पार्टी पङ्क्तिलाई महामन्त्री थापाले आह्वान गरेका छन् । करिब एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै साउन २ गते छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma