आइतबार, ३१ असार २०८०
काठमाडौँ । केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् ।
आइतबार बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उडिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जिवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन ।’ झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छाम्दै आफूलाई आश्चर्य लागेको बताए ।
घाइते भएरपनि जिउँदो रहँदा मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भएको खुसी उनले व्यक्त गरेका छन् । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नुलाई उनले ठूलो सफलताको विषय भएको बताए । उनले २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव सुनाएका हुन् ।
मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राईव गर्नुहोस् न है ।’
प्रतिक्रिया