Developed By Kuldeep Sharma

July 16, 2023

मिटरब्याजसम्बन्धी विधेयकमा छलफल गर्न रास्वपाको बैठक

असार ३१, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । मिटरब्याजसम्बन्धी  विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयकमाथि आफ्नो धारणा तय गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

१ बजे संसद बैठक बस्नुअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । ‘मिटरब्याजसम्बन्धी विधेयक छिटो पास गर्नुपर्छ भन्ने हाम्रो माग हो । नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयकमा पनि छलफल गर्न बैठक बोलाएका हौँ,’ प्रमुख सचेतक सन्तोष परियारले भने ।

रास्वपाले अघिल्लो बैठकमा आज मिटरब्याजसम्बन्धी विधेयक नल्याएमा सदन अवरोध गर्ने चेतावनी दिएको थियो । संसदको आजको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma