Developed By Kuldeep Sharma

July 16, 2023

एमालेले धुप बत्ति बाल्दैमा गठबन्धन ढल्दैनः मन्त्री ज्वाला

असार ३१, काठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एमालेले धुप बत्ति बाल्दैमा गठबन्धन नढल्ने बताएका छन् ।

आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे ।

उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे । उनले गठबन्धन ढालेर केही पाइहाल्छौँ कि भन्ने आशा गर्नेहरूलाई आशावादी नबन्न आग्रह गरे ।

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma