Developed By Kuldeep Sharma

July 16, 2023

रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि

असार ३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संसदमा असंसदीय शब्द बोलको भन्दै त्यसलाई हटाउन सांसद रामशरण बजगाईले माग गरेका छन् ।

आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोधको सूचना राखेकी थिइन । सो विधेयकमाथि बोल्ने क्रममा गुण्डाशैली भनेपछि उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग भएको हो ।

सांसद बजगाईले माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा विधेयक पास गर्ने भए, ‘गुण्डाशैली’ हुने अभिव्यक्ति दिएका कारणले संसदीय मर्यादाभित्रको भाषा प्रयोग नभएको भन्दै अविलम्ब संसदको रेकर्डबाट डिलिट हुनुपर्ने माग गरेका छन् ।

सभामुख देवराज घिमिरेले सांसद बजगाईले भनेको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै अभिव्यक्ति प्रति उचित निर्णय लिने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma